पोखरा, चैत ३ । पोखरामा मंगलबार बिहान एक सुन्दर दृश्य देखिएको छ, जहाँ आकाशमा उड्न लागेको जहाज र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमालले मनमोहक दृश्य सिर्जना गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ल्हासा जान तयारीमा रहेको हिमालय एयरलाइन्सको जहाज उडान भर्नुअघि मौसम खुलेपछि वरपरका हिमालहरू प्रष्ट देखिएका थिए। विशेषगरी माछापुच्छ्रे हिमालको आकर्षक आकृतिले त्यो क्षणलाई झन् […]
३ चैत, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक क्यासिनोमा जुवातास खेलेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय दिलीप लामा सहित १३ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले […]
३ चैत, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको […]
३ चैत, पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका […]
३ चैत, धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँबायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, […]
२ चैत, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ । प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले […]